IME Life New

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फ रास्वपाले कटायो २ लाख मत, अन्य दलले कति पाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत खसेको समानुपातिक मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २ लाख मत कटाएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशका विभिन्न निर्वाचन क्षेत्रमा कुल ३ लाख ८३ हजार ९८६ समानुपातिक मत गणना भएको छ। जसमा रास्वपा एक्लैले २ लाख ५ हजार ६०९ मत ल्याएको छ। यो भनेको ५३.५५ प्रतिशत हो।

Esewa
Crest

दोस्रो धेरै समानुपाति मत ल्याउनेमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १६.५४ प्रतिशत अर्थात ६३ हजार ५२८ मत ल्याएको छ।

यसैगरी नेकपा (एमाले)ले ४९ हजार ९३४ र नेकपाले २० हजार १४७ मत ल्याएका छन्। हालसम्म कुल मतमा एमालेको हिस्सा १३ प्रतिशत र नेकपाको ५.२५ प्रतिशत रहेको छ।

बाँकी मत अन्य मत राप्रपालगायतका दलहरुले ल्याएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS