काठमाडौं । माओवादीको गढ मानिएको सिन्धुली क्षेत्र नं. २ यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी झन्डा गाडेको छ।
प्रतिनिधिसभा निर्वाचनतर्फ सिन्धुली क्षेत्र नं. २ मा रास्वपा उम्मेदवार आशिष गजुरेल विजयी भएका हुन्। उनले १७ हजार ९४० मत प्राप्त गरेका छन्।
अघिल्लो निर्वाचन २०७९ मा विजयी भएका नेकपाका उम्मेदवार लेखनाथ दाहाल (राजन) दोस्रो भएका छन्। उनले १४ हजार ७८० मत पाएका छन्।
गजुरेल यातायात व्यवसायी हुन्। उनी नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक पनि हुन्।












