काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत खसेको समानुपातिक मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै अग्रता लिइरहेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशका विभिन्न निर्वाचन क्षेत्रमा कुल १ लाख ७७ हजार २०९ समानुपातिक मत गणना भएको छ। जसमा रास्वपा एक्लैले ९६ हजार ८०१ मत ल्याएको छ। यो भनेको ५४.६३ प्रतिशत हो।
दोस्रो धेरै समानुपाति मत ल्याउनेमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १६.४० प्रतिशत अर्थात २९ हजार ७४ मत ल्याएको छ।
सैगरी नेकपा (एमाले)ले २० हजार ४०० र राप्रपाले ९ हजार १२ मत ल्याएका छन्। हालसम्म कुल मतमा एमालेको हिस्सा १०.२४ प्रतिशत र राप्रपाको ४.१२ प्रतिशत रहेको छ।
बाँकी मत अन्य मत नेकपालगायतका दलहरुले ल्याएका छन्।












