काठमाडौं । रामेछापमा रास्वपाका उम्मेदवार कृष्णहरि बुढाथोकीले अग्रता कायम गरिरहेका छन् । उज्यालो नेपाल पार्टीका दीपबहादुर योन्जनले प्रारम्भिक अग्रता लिए पनि अहिले भने रास्वपाले लिड गरेको हो ।
रास्वपाका उम्मेदवार कृष्णहरि बुढाथोकीले ३ हजार ९१ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपाका श्यामकुमार श्रेष्ठले ३ हजार ७, कांग्रेसका रामचन्द्र खड्काले २ हजार ९४७, उज्यालो नेपाल पार्टीका दीपबहादुर योन्जनले २२३६ मत र एमालेका माधव ढुंगेलले १ हजार ७७८ पाएका छन् ।












