काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी म्यानेजर समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रूकेश रन्जित प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर १ बाट निर्वाचित भएका छन्।
उनले नेपाल मजदुर किसान पार्टी (नेपकिपा) का उम्मेदवारलाई पराजित गर्दै भारी मतका साथ जित हासिल गरेका हुन् । रंजितले कुल ३३,४३६ मत प्राप्त गरेका छन् । उनले निकटत्तम प्रतिद्वन्द्वी नेमकिपाका उम्मेदवार प्रेम सुवाललाई ५,२८९ मतान्तरले पराजित गरेका हुन् ।
पञ्चायतकालपछि निरन्तररूपमा प्रतिनिधि सभा र नगर निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ मा निर्वाचित हुँदै आएको मजदुर किसान पार्टीको अविजित यात्रामा रास्वपाले विराम लगाइ दिएको छ।
रंजित, राजनीतिकरूपमा मात्र नभएर सामाजिक सेवाको क्षेत्रमा पनि भक्तपुरमा सकृय रहँदै आएका छन्। उनी रक्तदाता संगठन भक्तपुरका अध्यक्ष समेत हुन् ।












