काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनासँगै नतिजा आउने क्रम जारी रहेको छ।
हालसम्म ३० क्षेत्रको नतिजा आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २१ क्षेत्रमा जित हासिल गरेको छ। रास्वपाले अझै ९६ क्षेत्रमा अग्रता लिइरहेको छ।
यसैगरी नेपाली कांग्रेसले ५ वटा निर्वाचन क्षेत्रमा जित निकाल्दा नेकपा २ र नेकपा (एमाले) १ क्षेत्रमा विजयी भएका छन्। हालसम्म कांग्रेसले ९, एमालेले १३, नेकपाले १०, श्रम संस्कृतिले ४ र राप्रपा १ स्थानमा अग्रता लिइरहेका छन्।
उता स्वतन्त्र उम्मेदवार डा महावीर पुनले म्यादीमा विजयी हासिल गरेका छन्।
कुन पार्टीका कसले जिते ?
रास्वपा
- चितवन–२ः रवि लामिछाने
- काठमाडौं–१ः रञ्जु दर्शना
- काठमाडौं–२ः सुनील केसी
- काठमाडौं–३ः राजुनाथ पाण्डे
- काठमाडौं–४ः पुकार बम
- काठमाडौं–५ः सस्मित पोखरेल
- काठमाडौं–६ः शिशिर खनाल
- काठमाडौं–७ः गणेश पराजुली
- काठमाडौं–८ः विराजभक्त श्रेष्ठ
- काठमाडौं–९ः डोलप्रसाद अर्याल
- काठमाडौं–१०ः प्रदीप विष्ट
- धनुषा–३ः मनिष झा
- कास्की–३ः बिना गुरुङ
- मोरङ–४ः सन्तोष राजवंशी
- महोत्तरी–१ प्रमोदकुमार महतो
- कास्की–२ः उत्तमप्रसाद पौडेल
- मोरङ–६ः रुबिना आचार्य
- बाँके–१ः सुरेशकुमार चौधरी
- बाँके–३ः खगेन्द्र सुनार
- स्याङ्जा–१ः धनञ्जय रेग्मी
- रुपन्देही–४ः कन्हैया बनियाँ
नेपाली कांग्रेस
- तेह्रथुमः सन्तोष सुब्बा
- दैलेख–१ः बासना थापा
- रसुवा–१ः मोहन आचार्य
- मुस्ताङ–१ः योगेश गौचनः
- मनाङ–१ः टेकबहादुर गुरुङ
नेकपा
- रुकुमपूर्व–१ पुष्पकमल दाहाल (प्रचण्ड)
- कालिकोट–१ः महेन्द्रबहादुर शाही
नेकपा (एमाले)
- बाँके–२ः मोहम्मद इस्तियाक राई
स्वतन्त्र
- म्याग्दीः डा महावीर पुन












