IME Life New

रास्वपाः ३ जित, ४८ मा अग्रता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिइरहेको छ।

पछिल्लो नतिजाले पुराना र ठूला दलभन्दा रास्वपामा जनलहर बढी देखिएको छ। अर्कोतर्फ काठमाडौंका महानगरपालिकाको मेयर पद छाडेर रास्वपाको वरिष्ठ नेता बनेका बालेन साहप्रति जनताले विश्वास गरेको देखिन्छ।

Esewa
Crest

झापा क्षेत्र नं. ५ बाट बालेन साह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लडिरहेको छ। त्यहाँको मत परिणाम पनि बालेनकै पक्षमा बढी देखिएको छ।

ताजा नतिजाअनुसार ६८ वटा निर्वाचन क्षेत्रमा मत गणना जारी छ। त्यसमध्ये रास्वपाका उम्मेदवार काठमाडौं १ र ८ र ललितपुर ३ मा विजयी भइसकेका छन्। काठमाडौं १ बाट रञ्जु दर्शना, काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ र ललितपुर ३ बाट तोसिमा कार्की विजयी भएका छन्।

अझै रास्वपाले ४८ वटा क्षेत्रमा अग्रता लिइरहेको छ।

उता नेपाल कांग्रेसले ८, एमालेले ४, नेकपाले ३, राप्रपाले १ र श्रम संस्कृति पार्टी १ क्षेत्रमा अग्रता लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS