IME Life New

काठमाडौं क्षेत्र नं १ मा दर्शना र ८ मा श्रेष्ठ विजयी, औपचारिक घोषणा हुन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका क्षेत्र नम्बर १ र ८ मा जित हासिल गरेको छ। काठमाडौं १ बाट रास्वपाकी रन्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन्। उनले काँग्रेसका प्रबल थापालाई फराकिलो मत अन्तरले पराजित गरेकी छन्। दर्शनाले १३ हजार ५९१ मत प्राप्त गरेकी छन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ५ हजार ६९६ मत पाएर दोस्रो भएका छन् भने राप्रपाका रबिन्द्र मिश्र ३ हजार ५०७ पाएर तेस्रो स्थान हासिल गरेका छन् ।

काठमाडौं ८ मा रास्वपाका विराज भक्त श्रेष्ठ विजयी भएका छन्। विराजले नेकपाका सुमन सायमीलाई पराजित गरेका हुन्। विराज भक्त श्रेष्ठले ९ हजार ३१९ मत पाएका छन् । नेकपाका सुमन सायमीले १२ सय २२ मत पाएका छन् भने नेपाली कांग्रेसकी सपना राजभण्डारीले १ हजार ५४ मत पाएर तेस्रो र्भकी छन् ।

Esewa
Crest

दुवै क्षेत्रको मत गणना सकिए पनि आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS