IME Life New

रास्वपामा जनलहरः काठमाडौं उपत्यकाका १५ क्षेत्रमध्ये १४ मा अग्रता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी प्रारम्भिक मत गणनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा जनलहर देखिएको छ।

जेनजी आन्दोलनपछि भएको निर्वाचनमा जनताहरुमाझ पुराना दलहरुभन्दा पनि रास्वपा लोकप्रिय बनेको देखिएको छ। पछिल्लो मत गणनाअनुसार देशका विभिन्न ४० क्षेत्रमध्ये ३२ वटामा रास्वपाका उम्मेदवार अगाडि देखिएका छन्।

Esewa
Crest

काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर)को कुरा गर्ने हो भने कुल १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । काठमाडौंका १० वटै, ललितपुरको २ वटा र भक्तपुरका २ वटै क्षेत्रमा रास्वपा उम्मेदवार अन्य पार्टीका उम्मेदवारभन्दा अगाडि छन्।

जारी मत गणनाअनुसार काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता लिइरहेका छन्।

त्यस्तै ललितपुर २ मा जगदीश खरेल र ३ मा तोसिमा कार्कीले अगाडि छन् भने ललितपुर १ मा भने कांग्रेसका उदयशमशेर राणाले अग्रता लिइरहेका छन्।

यसैगरी भक्तपुर १ मा रास्वपाका रुकेश रन्जित र भक्तपुर २ मा राजीव खत्रीले अग्रता लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS