काठमाडौं । नेपाल बीमा प्राधिकरणले फागुन २५ गतेदेखि फागुन २८ गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम फागुन २८ गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले फागुन २५ गतेबाट फागुन २८ गतेसम्म विहान ११ बजेबाट १२ः३० बजेसम्म परीक्षा संचालन हुने जनाएको छ।













