काठमाडौं । दोलखाको मालु मतदानस्थलमा विवाद हुँदा मतदान रोकिएको छ। तामाकोशी गाउँपालिका ४ को मालु मतदानस्थलमा विवाद भएपछि मतदान रोकिएको हो।
निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि हवाई फायर भएको थियो। त्यसपछि भिड नियन्त्रणमा लिन एकछिन मतदान कार्यक्रम रोकिएको जनाइएको छ ।
मतदान रोकिएलगत्तै सर्वदलीय बैठकको छलफल सुरु भएको र केही समयपछि मतदान सुरु हुने जनाइएको छ ।












