IME Life New

खाडीमा जारी राजनीतिक सैन्य तनावका कारण हजारौँ नेपाली श्रमिक जोखिमपूर्ण अवस्थामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्यपूर्व र खाडीमा जारी राजनीतिक सैन्य तनावका कारण हजारौँ नेपाली श्रमिक जोखिमपूर्ण अवस्थामा छन् । रोजगारी गुम्ने डर, जीवन रक्षाका लागि आशंका र विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा ठूलो प्रभाव पर्ने आशंका बढेको छ।

विशेषगरी संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा निशाना बनाएका आक्रमणका बीच गल्फ र मध्यपूर्वका कतिपय मुलुकहरु युद्धजस्तै परिदृश्यमा प्रवेश गरिरहेका छन्। यस परिस्थितिले खासगरी, इरान, इजरायल, कुवेत, दुबई, कतार, आबुधाबीमा रोजगार र उच्च शिक्षा अध्ययनका लागि रहेका नेपाली प्रवासी श्रमिकहरुको जीवन जोखिममा पारेको पारेको छ।

Esewa
Crest

मध्यपूर्वका कतिपय मुलुक (साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, कतार लगायत) मा काम गरिरहेका नेपालीलाई अहिले आफ्ना रोजगारी सुरक्षित रहने छ कि छैन भनी गम्भीर चिन्ता छ।

राजनीतिक सैन्य तनावले निजी तथा सार्वजनिक क्षेत्रमा कार्यरत कामदारको रोजगारीमा अस्थिरता आएको छ। कतिपय कम्पनीहरुले कार्यस्थलहरु बन्द गर्ने र कम जनशक्ति राख्ने निर्णय गर्न सक्ने जोखिम पनि छ। विदेशी भूमिमा कमाएर विप्रेषण नेपाल पठाउने कामदारको रोजगारी नै संकटमा परेको अवस्थामा यसले नेपालभित्र अर्थतन्त्र र परिवार दुवै पक्ष चिन्तित छन्।

विशेषज्ञहरु भन्छन्, ‘लगातार तनाव र अस्थिरता जारी रहँदा लगानी, रोजगारी र श्रमबजारमा प्रभाव पर्छ। जसले नेपाली श्रमिकको आम्दानीमा सिधै असर पार्नेछ।’ ऋण गरेर विदेशिएका श्रमिकहरु असमयमै घर फर्किनुपरेको अवस्थामा देशभित्र थुप्रिने बेरोजगार जनशक्ति र उनीहरुमाथि व्यक्तिगत ऋण चुक्ता गर्नुपर्ने दबाबले अवस्था अझै चुनौतीपूर्ण हुनसक्छ ।

भूमध्यसागर, गल्फ र मध्यपूर्वका नेपाली श्रमिकका परिवारहरु अहिले आर्थिक तथा भावनात्मक दुबै दबाबमा छन्। अहिलेको समय नेपाली श्रमिकका लागि चुनौतीपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS