काठमाडौं । अग्नि सिमेन्टले आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिले आउँदो चैत १२ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंमा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आइपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। यसका लागि नियमनकारी निकायहरुबाट अनुमति लिइने कम्पनीले जनाएको छ।
त्यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा पनि संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।












