IME Life New

प्रतिनिधिसभा निर्वाचनः आज राति १२ बजेपछि उम्मेदवारका विज्ञापन प्रकाशन/प्रसारण नगर्न विज्ञापन बोर्डको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विज्ञापन बोर्डले आज फागुन १८ गते राति १२ बजेपछि प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका विज्ञापन प्रसारण र प्रकाशन नगर्न आग्रह गरेको छ।

बोर्डले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज फागुन १८ गते राति १२ बजेबाट प्रचार–प्रसार गर्न नपाउने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ दफा १७ मा रहेको छ। यो व्यवस्था उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गरिने बोर्डले चेतावनी दिएको छ।

Esewa
Crest

मतदान हुने दिनको अघिल्लो ४८ घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन. कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था रहेको छ।

यसैगरी मतदान हुने दिनको ४८ घन्टाअघि मतदान स्थलको ३०० मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न नहुने व्यवस्था पनि आचारसंहितमा रहेको छ। सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा शेअर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने भएकोले त्यस्ता सामग्री प्रकाशन तथा प्रसारण नगर्न नगराउन विज्ञापन बोर्डले आग्रह गरेको छ।

‘अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा राखिएका मतदाता शिक्षासम्बन्धी निर्वाचन आयोग नेपाल र विज्ञापन बोर्डले प्रदान गरेका विज्ञापनबाहेकका अन्य विज्ञापन फागुन १८ गते राति १२ बजेबाट हटाउन र पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दल तथा उम्मेदवारको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS