IME Life New

फागुन १८ बाट रात्रिकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यही फागुन १८ गतेदेखि रात्रिकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एउटा सूचना जारी गर्दै रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गरी काठमाडौं जिल्लाभरि सञ्चालन सबै रात्रिकालीन व्यवसाय उक्त मितिबाट अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ।

Esewa
Crest

यसैगरी काठमाडौं प्रशासनले सोही दिन पर्ने होली पर्व सार्वजनिक स्थानमा भेला भएर मनाउन रोक लगाएको छ। आफन्त, परिवार र साथीभाइसँग घरआँगनमै व्यवस्थित र मर्यादित ढंगले होली पर्व मनाउन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS