IME Life New

पाल्पा सिमेन्टको आइपीओ भर्न छुट्यो कि ? आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आइपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम रहेको छ।

कम्पनीले फागुन १२ गतेदेखि दोस्रो चरणमा सर्वसाधारण आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

Esewa
Crest

कम्पनीले १०० रुपैयाँ अंकित दरका २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी कम्पनीले बाँकी ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। त्यसैगरी सीडीएससीको मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS