काठमाडौं । आज नेप्से परिसूचक ६ दशमलव ०३ अंकले बढेर २,६५४ को विन्दुमा कायम भएको छ । आज १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । हिम स्टार ऊर्जाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।













