IME Life New

राष्ट्रिय व्यवसायिक पहलको आयोजनामा निर्वाचन पर्यवेक्षण अभिमुखिकरण सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को आयोजनामा काठमाडौंमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी निर्वाचन पर्यवेक्षण अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा पहलद्वारा खटाइएका पर्यवेक्षकहरूलाई मतदान प्रक्रिया, आचारसंहिता, प्रतिवेदन विधि लगायत विविध विषयमा अभिमुखिकरण प्रदान गरेको हो ।

कार्यक्रममा निर्वाचन पर्यवेक्षण अभियानप्रति संस्थाको प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष कुशकुमार जोशीले स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनका लागि नागरिक समाजको भूमिका अपरिहार्य रहेको बताए ।

Esewa
Crest

पहलका प्रतिनिधिले अभिमुखिकरण प्रस्तुतीकरणमा निर्वाचन प्रणाली एफपीटीपी र पीआर, पर्यवेक्षणका चरणहरू, पर्यवेक्षकको योग्यता र दायित्व, मतदान दिनका अवलोकन बिन्दुहरू, गर्नुपर्ने र गर्न नहुने कार्यहरू, प्रतिवेदन पेश गर्ने प्रक्रिया तथा उल्लंघनका परिणामबारे विस्तृत जानकारी दिए । विगत निर्वाचनका अनुभव र सिकाइका आधारमा पर्यवेक्षकहरूलाई व्यावहारिक मार्गनिर्देशन पनि प्रदान गरिएको थियो ।

प्रस्तुतिकरणपछिको छलफल सत्रमा निर्वाचन केन्द्रमा पहुँच, फोटोग्राफीसम्बन्धी नियम, अनियमितता देखिएको अवस्थामा अपनाउनुपर्ने प्रक्रिया लगायत विभिन्न विषयमा चर्चा गरिएको थियो ।

पहलले विसं २०७० को संविधान सभाको निर्वाचनदेखि निरन्तर रूपमा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण गर्दै आएको छ । यस पटक पनि देशभरका विभिन्न २१ जिल्लामा १०० जनाभन्दा बढी पर्यवेक्षकहरू मार्फत् निष्पक्ष तथा पारदर्शी निर्वाचन सुनिश्चित गर्न योगदान पुयाउने पहलको प्रतिबद्धता छ ।

राष्ट्रिय व्यवसायिक पहलले जिम्मेवार व्यावसायिक अभ्यास प्रवर्द्धन, संस्थागत सामाजिक उत्तरदायित्व, दिगो विकास, आचार संहिता निर्माण तथा परिपालना जस्ता संस्थाका आधारभूत मान्यतालाई निरन्तता दिँदै निजी क्षेत्रको क्षमता विकास, व्यवसाय तथा मानव अधिकार, विपद् व्यवस्थापन लगायत औद्योगिक व्यावसायिक वातावरण निर्माणमा सहयोग पुऱ्याउने समसामयिक विषयहरुमा नितिग वहस पैरवीमा सक्रिय हुँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS