IME Life New

बीमकको मुद्दति निक्षेपमा एयरमार्कसम्बन्धी मार्गदर्शनमा संशोधन, बढ्यो ब्लक रिक्वेस्ट पेस गर्ने समयसीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले मुद्दति निक्षेप खाता खोलेपछि एयरमार्क प्रणालीमा ब्लक रिक्वेस्ट पेस गर्ने समयसीमा बढेको छ।

नेपाल बीमा प्राधिकरणले बीमकको मुद्दति निक्षेपमा एयरमार्कसम्बन्धी मार्गदर्शन २०८१ मा संशोधन गर्दै ब्लक रिक्वेस्ट पेस गर्ने समयसीमा बढाएको हो। अब बीमा कम्पनीहरुले मुद्दति निक्षेप खाता खोलिएको १५ कार्यदिनभित्र एयरमार्क प्रणालीमा ब्लक रिक्वेस्ट पेस गर्नुपर्नेछ।
यसअघि ब्लक रिक्वेट पेस गर्ने समयसीमा ७ कार्यदिनभित्र रहेको थियो।

Esewa
Crest

अब संशोधित व्यवस्थाबमोजिम तोकिएको अवधिपश्चात पेस गरिएको कुनै पनि ब्लक रिक्वेस्टमाथि कारबाही अगाडि नबढाइने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार संशोधित व्यवस्था आउँदो चैत १ गतेदेखि लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS