IME Life New

बंगलादेशमा निर्जीवन बीमा कम्पनीहरुलाई ‘जिरो कमिसन’ नीति लागू गर्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेश बीमा संघ (बीआईए)ले सबै निर्जीवन कम्पनीलाई निर्जीवन बीमा क्षेत्रमा ‘जिरो कमिसन’ नीति कडाइका साथ लागू गर्न प्रतिबद्ध हुन निर्देशन दिएको छ। बीमा नियामक आईडीआरद्वारा जारी परिपत्रपछि संघले यस्तो निर्देशन दिएको हो।

संघका सचिव मोहम्मद उमर फारुकद्वारा हस्ताक्षरित परिपत्र गत फेब्रुअरी २३ मा सबै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई पठाइएको थियो। निर्देशनअनुसार निर्जीवन बीमा कम्पनीहरुअन्तर्गतका सबै बीमा एजेन्टको इजाजतपत्र गत जनवरी १ देखि लागू हुने गरी निलम्बन गरिएको छ।

Esewa
Crest

फलस्वरुप कुनै पनि मान्यता प्राप्त एजेन्ट इजाजतपत्र त्यस मितिदेखि मान्य हुने छैनन् र कुनै पनि कमिसन तिर्नका लागि कुनै अवसर हुने छैन।

यस सन्दर्भमा संघले सम्बन्धित कम्पनीहरुलाई निर्जीवन बीमा कम्पनीहरुका लागि आईडीआरएद्वारा घोषणा गरिएको ‘जिरो कमिसन’ नीति कार्यान्वयन गर्ने भागका रुपमा आफ्ना सबै शाखा प्रबन्धकबाट प्रतिबद्धता प्राप्त गर्न निर्देशन दिएको छ। प्रतिबद्धता प्राप्त भएपछि संघलाई जानकारी गराउन पनि भनिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS