काठमाडौं । आज नेप्से परिसूचक २१ दशमलव ६२ अंकले बढेर २,६३८ को विन्दुमा कायम भएको छ । आज २१३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावरका लगानीकर्ताले ९ दशमलव १५ प्रतिशतका दरले कमाएका हुन् । सागर डिष्टिलरीका लगानीकर्ताले ८ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् ।













