IME Life New

माघसम्म साढे २७ अर्ब माथिको निर्जीवन बीमा व्यवसाय, कुन कम्पनीको ग्रोथ कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को ७ महिना (साउन–माघ)सम्म साढे २७ अर्ब रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ७ महिना माघसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले १६ लाख ५६ हजार ३३६ वटा बीमालेख जारी गरेर २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को माघसम्म कम्पनीहरुले १६ लाख २१ हजार ६७९ वटा बीमालेख जारी गरेर २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १३.४५ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा चालु वर्षको माघसम्म १३ वटा बीमकको व्यापार बढेको छ भने एउटा बीमकको घटेको छ। समीक्षा अवधिसम्म शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले हिमालयन एरभेष्ट इन्स्योरेन्स अगाडि रहेको छ।

चालु आर्थिक वर्षको माघसम्म शिखर इन्स्योरेन्सले ३ अर्ब ३२ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष माघसम्म कम्पनीले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ६.०२ प्रतिशतले बढेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १.७७ प्रतिशतले बढेको छ।

त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। चालु वर्षको माघसम्म यो कम्पनीले २ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष माघसम्म कम्पनीले १ अर्ब ९२ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ४७.७४ प्रतिशतले बढेको छ।

यसैगरी चालु वर्षको माघसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३८ करोड ६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १८ करोड ८३ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब १५ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.७६ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १७.४५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३४.९५ प्रतिशत र नेको इन्स्योरेन्सको १०.३२ प्रतिशतले व्यापार बढेको छ।

चालु आर्थिक वर्षको माघसम्म युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७५ करोड ७३ रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ६० करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा युनाइटेड अजोडको २५.३९ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको १०.६४ प्रतिशत र सानिमा जीआईसीको १५.६० प्रतिशतले व्यापार बढेको छ।

त्यस्तै समीक्षा अवधिसम्म नेपाल इन्स्योरेन्सले १ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ७ करोड ८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ८९ करोड २४ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ७९ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म नेपाल इन्स्योरेन्सको ६.७२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.८८ प्रतिशत र नेसनल इन्स्योरेन्सको १५.३१ प्रतिशत व्यापार बढ्दा राष्ट्रिय बीमा कम्पनीको ५.१२ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS