IME Life New

सीडीएससीको छलफल कार्यक्रममा डबल आइजीनबारे कसले के भने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीडीएससीले आज धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ (आइजीन निर्देशिका)को मस्यौदामाथि छलफल गर्न आज सरोकारवालासँग छलफल कार्यक्रम राख्यो। छलफलमा नेपाल धितोपत्र बोर्ड र नेप्सेका प्रतिनिधि उपस्थित नभए पनि राष्ट्र बैंक, स्टक ब्रोकर, इप्पानका प्रतिनिधिसँगै लगानीकर्ता र सञ्चारकर्मीको उपस्थिति थियो।

छलफलमा विशेष अतिथिहरुले प्रस्तावित निर्देशिका राखिएको कम्पनीको शेयरलाई दिइने डबल आइजीनका विषयमा आआफ्नो धारणा राखेका थिए। कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले आइजीन निर्देशिका नल्याउन दबाब दिइरहेको भन्ने कुरा गलत रहेको बताए। ‘त्यस्तो हो भने अनावश्यक दबाब दिनेहरुमाथि कारबाही होस्’, उनले भने, ‘तर, गलत गर्नेलाई कारबाही गरेको खोइ ? एउटाले गलत गर्दा सबैलाई एउटा बास्केटमा राख्नु भएन।’

Esewa
Crest

डबल आइजीनको घुमाउरो पाराले विरोध गर्दै कार्कीले त्यसो भए आइपीओ रोक्न पनि चुनौती दिए। ‘निजी क्षेत्र चाहिने तर सबैलाई निराश बनाउने काम भइरहेको छ। जलविद्युतमा सबैको लगानी छ। चुनावी नारा पनि जलविद्युतलाई प्राथमिकतामा राखिएको छ’, उनले भने, ‘मुलुकको समृद्धि नचाहने हो भने किन जलविद्युत बनाउनु ?’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले डबल आइजीनले पुँजी बजारको विकास नभएको बताए। ‘मूल्य फरक हुँदा यस्तो भयो’, उनले भने, ‘समान प्रतिफल दिने कम्पनीको मूल्य फरक–फरक हुँदा समस्या भयो।’

केही वर्षअघि नेपाल राष्ट्र बैंकले पनि डबल आइजीनलाई एउटै बनाउन बाफियामा संशोधन गरेको अग्रवालले बताए। ‘डलब आइजीनले समस्यालाई निम्त्याउँछ’, उनले भने, ‘लगानीकर्तामा भ्रम सिर्जना हुन्छ। बोनस शेयर दिँदा र हकप्रद शेयर जारी गर्दा प्राविधिक समस्या आउँछ। नियामकीय जोखिम पनि बढाउँछ। त्यसैले एउटै आइजीन बनाउनुपर्छ।’

छलफलमा लगानीकर्ता प्रकाश रजौरेले आइजीनको नाममा हुने वित्तीय अपराध नियन्त्रण गर्नुपर्ने बताए। केही कम्पनीको नाममै लिएर उनले भने, ‘संस्थापक ९० प्रतिशत र सर्वसाधारणको १० प्रतिशत शेयर रहेको कम्पनीको मूल्य १ हजार रुपैयाँ पुर्याउने अनि पछि सबै सर्वसाधारण शेयर हो भनेर बेचेर संस्थापक भाग्ने। के त्यो पैसा उठाएर विदेशमा लगानी गर्ने हो ?’

अहिले बुक बिल्डिङ विधिबाट आइपीओ ल्याएको रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताको रुवाबासी भइरहेको पनि रजौरेले बताए। ‘यस्ता आर्थिक अपराध रोक्न सबै एक हुन आवश्यक छ’, उनले भने।

अन्य विशेष अतिथिहरुले पनि आइजीनको विषयमा शेयर बजारका सबै नियामकहरु मिलेर काम गर्दा उचित हुने बताए। सबै पक्ष इमान्दार भए डबल आइजीन आवश्यक नपर्ने उनीहरुको धारणा थियो। तर, डबलर आइजीनको व्यवस्थाले सबै बर्बाद हुन्छ भन्ने पनि नहुने उनीहरुको तर्क थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS