IME Life New

शेयर बजारमा झिनो वृद्धि, कारोबार रकम ५ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर २,६१६ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविदूतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको २८ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशलमव २८ प्रतिशतका दरले कमाएका छन् । मेगा म्युचुअल फन्ड १ का इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल समृद्धि फन्ड २ का इकाईधनीले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS