IME Life New

हकप्रद शेयरबापतको रकम जम्मा गर्न आधारभूत शेयरधनीलाई युनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेट अजोड इन्स्योरेन्सले आफ्ना आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै आफ्ना आधारभूत शेयरधनीहरुलाई आफ्नो हकबराबरको शेयरको रकम दाखिला गर्न आग्रह गरेको हो। आधारभूत शेयरधनीहरुले लक्ष्मी सनराइज बैंकमा खोलिएको कम्पनीको बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ।

Esewa
Crest

कम्पनीका अनुसार १५ दिनभित्र रकम रम्मा गरी आफ्ना हकबराबरको शेयर आधारभूति शेयरधनीहरुले सुरक्षित गर्न सक्नेछन्। तोकिएको अवधिभित्र आधारभूति शेयरधनीहरुले रकम दोखिला नगरे कानुनबमोजिम हुने सूचनामा उल्लेख छ।

आधारभूत शेयरधनी भन्नाले कम्पनीमा चुक्तापुँजीको १ वा सोभन्दा बढी शेयरधारण गर्नेलाई जनाउँछ।

युनाइटेड अजोड इन्स्योरेन्सले हालै नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १००ः१० अनुपातमा अर्थात १० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता शेयर जारी गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS