काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा झरेको छ।
यो दिन नेप्से उपसमूहमा रहेका सबै समूह राताम्मे भएका छन्। यो दिन व्यापार समूह सर्वाधिक ३.५९ प्रतिशतले घटेको छ।
बजारमा आज ३४ कम्पनीको शेयरभाउ बढ्दा २२० कम्पनीको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ६ अर्ब ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।

यसैगरी बजारमा यो दिन सालपा विकास बैंकका शेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ।

यो दिन बुद्धभूमि नेपाल हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको शेयरभाउ करिब ९ प्रतिशतले घटेको छ।













