काठमाडौं । होटल पार्क ल्यान्डले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। नेपाल धितोपत्र बोर्डमा आइपीओ ल्याउन अनुमति माग गर्दै होटलले निवेदन दिएको हो।
धितोपत्र बोर्डले अनुमति दिएमा यो होटलले १५ करोड रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार होटलले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ।
यो होटलको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।












