IME Life New

वृद्धवृद्धाको भरमा अमेरिकी अर्थतन्त्र, करिब ७४% पैसा ५५ वर्षभन्दा माथिका मानिससँग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी अर्थतन्त्र अहिले वृद्धवृद्धामा धेरै निर्भर रहेको देखिन्छ। ५५ वर्षभन्दा माथिका मानिसले अमेरिकाको कुल उपभोक्ता खर्चको ४५.३ प्रतिशत हिस्सा ओगटेका छन्। जुन २८ वर्षमा सबैभन्दा उच्च हो।

सन् २००० को दशकको सुरुआतमा यो संख्या केवल २८ प्रतिशत थियो। तर त्यसबेलादेखि यो संख्या लगभग दोब्बर भएको छ। अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो। तर, वृद्ध र युवा पुस्तासँग सम्पत्तिको खाडल बढ्दै गइरहेको छ।

Esewa
Crest

अमेरिकामा कुल उपभोक्ता खर्चमा ५४ वर्ष र सोभन्दा कम उमेरका मानिसको हिस्सा सन् २००० मा ७२ प्रतिशतबाट घटेर ५४.७ प्रतिशत पुगेको छ। अमेरिकामा विगत २५ वर्षमा दुई उमेर समूहबीचको खाडल ३५ प्रतिशतले घटेको छ, र इतिहासमा पहिलो पटक बराबर हुने बाटोमा छ।

फेडरल रिजर्भको तथ्यांकअनुसार अमेरिकाको ७३.७ प्रतिशत सम्पत्ति ५५ वर्षभन्दा माथिका व्यक्तिसँग छ। सन् २००० मा यो संख्या ५६.२ प्रतिशत थियो।

बैंक अफ अमेरिकाको तथ्यांकअनुसार बेबी बुमर पुस्ताका मानिस क्रेडिट कार्ड र डेबिट कार्डमार्फत खर्च गर्ने सन्दर्भमा जेनजी र मिलेनियल्सभन्दा अगाडि छन्। युवाले आवास र विद्यार्थी ऋणजस्ता महँगो खर्चको सामना गरिरहेका छन्।

सन् १९४६ देखि १९६४ सम्म जन्मेका मानिसलाई बेबी बुमर पुस्ता भनिन्छ। त्यस्तैगरी सन् १९८१ देखि १९९६ सम्म जन्मेका मानिसलाई मिलेनियल्स र सन् १९९७ देखि २०१२ सम्म जन्मेका मानिसलाई जेनजी भनिन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS