काठमाडौं । आज नेप्से परिसूचक २० दशमलव ७५ अंकले घटेर २,६४२ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिलाइनस स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।













