IME Life New

नेप्सेमा थपियो ३ कम्पनीको ६५ लाख ६३ हजार बढी कित्ता शेयर, कुन-कुनको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको ६५ लाख ६३ हजार बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा कृषि विकास बैंक, शिवम सिमेन्ट र आशा लघुवित्त वित्तीय संस्थाको कुल ६५ लाख ६३ हजार ५४४.०३ कित्ता बोनस शेयर थपिएको हो। जसमा कृषि विकास बैंकको ४५ लाख २ हजार ९४७.९० कित्ता, शिवम सिमेन्टको १३ लाख ६४ हजार २०२.१६ कित्ता र आशा लघुवित्तको ६ लाख ९६ हजार ३९३.९७ कित्ता बोनस शेयर रहेका छन्।

Esewa
Crest

यी सबैको अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई वितरण गरिएको बोनस शेयर रहेका छन्। जसअनुसार अघिल्लो आर्थिक वर्षमा कृषि विकास बैंकले ३.२५ प्रतिशत, शिवम सिमेन्टले २.५ प्रतिशत र आशा लघुवित्तले ९.५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS