काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको २ लाख १८ हजार कित्ता शेयरको लकइन अवधि आउँदो चैत ४ गतेबाट सकिने भएको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक र कर्मचारीको शेयरको लकइन अवधि उक्त मितिमा सकिने जानकारी गराएको हो। हाल लकइनमा संस्थापकको २ लाख ३ हजार कित्ता र कर्मचारीको १५ हजार कित्ता शेयर रहेको छ।
यो लघुवित्तले सर्वसाधारणलाई जारी गरेको आइपीओ २०७९ चैत ३ गते बाँडफाँट गरिएको थियो। जसअनुसार बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राखिएको हो।












