काठमाडौं । शेयर बजार सोमबार एकल अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने बाँकी १० वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक ०.५६ प्रतिशतले बढ्दा जलविद्युत समूहमा सर्वाधिक १.०२ प्रतिशतको गिरावट देखिएको छ।
बजारमा आज ८६ कम्पनीको शेयरभाउ बढेको छ भने १६३ कम्पनीको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा करिब ८ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- रिडी पावरः ६५ करोड ३ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ५२ करोड ३६ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ४८ करोड २७ लाख रुपैयाँ
- एसवाई प्यानलः ३४ करोड ४२ लाख रुपैयाँ
- खानीखोला हाइड्रोपावरः २५ करोड ५२ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः २२ करोड ८२ लाख रुपैयाँ
- पिपुल्स पावरः २२ करोड ३३ लाख रुपैयाँ
- श्रीनगर एग्रिटेकः २० करोड ७८ लाख रुपैयाँ
- हिमालय ऊर्जाः १७ करोड ९३ लाख रुपैयाँ
- सिंगटी हाइड्रोः १७ करोड १६ लाख रुपैयाँ












