काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ३ लाख ५ हजार ८ रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदी पनि घटेको छ । यससँगै आज चाँदी तोलामा १२५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।












