IME Life New

होटल फरेष्ट इनको आइपीओ बाँडफाँट, तपाइँलाई पर्यो कि परेन ? यसरी हेर्नुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । होटल फरेष्ट इनको आइपीओ आज फागुन ४ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एआईसी एसिया क्यापिटलले काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आइपीओ बाँडफाँट गरिएको छ। आइपीओ बाँडफाँट कार्यक्रम बिहान साढे ९ बजे राखिएको थियो।

Esewa
Crest

होटल फरेष्ट इनले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। यो होटलले सर्वसाधारणलाई १०० रुपैयाँ ३३ लाख २० हजार कित्ता आइपीओ जारी गरेको थियो।

धितोपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार यो आइपीओमा २६ लाख ६० हजार ४५२ आवेदकबाट कुल २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता शेयर माग भएको थियो। जसमा २३ लाख ७१ हजार ३१५ आवेदकबाट माग भएको २ करोड ५७ लाख ४५ हजार ७०० कित्ता शेयर सदर भएको छ। जसअनुसार २ लाख ८९ हजार १३७ आवेदन विभिन्न कारणले रद्द तथा बदर गरिएका छन्।

यो होटलको आइपीओ पनि मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। बाँडफाँटको नतिजाअनुसार सदर आवेदनमध्ये २० लाख ३९ हजार ३१५ आवेदकको हात खाली भएको छ।

यो आइपीओ नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइटसँगै सीडीएससीको ‘मेरो शेयर’ र iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS