IME Life New

बंगलादेशी प्रधानमन्त्रीको सपथ ग्रहणमा सम्बन्ध चिसिएको भारतलाई पनि निम्तो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशमा हालै सम्पन्न आम निर्वाचनपछि बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान प्रधानमन्त्री पदमा शपथ लिन तयारी गर्दैछन्। शपथग्रहण समारोह फेब्रुअरी १७ मा ढाकास्थित संसद भवनको साउथ प्लाजामा आयोजना हुने भएको छ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, चीन, साउदी अरब, टर्की,  संयुक्त अरब इमिरात, कतार, मलेसिया, ब्रुनाईसहित १३ देशका शीर्ष नेताहरूलाई निम्तो पठाएका छन्।

Esewa
Crest

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिइएको निम्तो विशेष महत्व राख्छ। बीएनपी नेतृत्वले “सबैसँग मित्रता, कसैसँग वैरभाव छैन” भन्ने नीति अघि सारेको छ। यसले भारतसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने संकेत दिन्छ। मोदीको उपस्थिति भएमा दक्षिण एशियामा भारतको प्रभाव र बंगलादेशसँगको साझेदारी अझ बलियो देखिनेछ।भारतका लागि बंगलादेशसँगको सीमा सुरक्षा, व्यापार, ऊर्जा र नदी व्यवस्थापन जस्ता विषयहरूमा सहकार्य महत्वपूर्ण हुने अपेक्षा छ।

मोदीले चुनावी जितपछि तारिक रहमानलाई बधाई दिइसकेका छन्। यसले निम्तो स्वीकार्ने सम्भावना बलियो बनाउँछ। कतिपय विश्लेषकहरूले भारतले सुरक्षा र धार्मिक संवेदनशीलता विचार गरेर उच्चस्तरीय प्रतिनिधि पठाउने वा प्रधानमन्त्री स्वयं जाने भन्ने निर्णय गर्ने बताएका छन्।

यदि भारत अनुपस्थित रह्यो भने पाकिस्तान, टर्की वा चीनजस्ता देशहरूले आफ्नो प्रभाव बढाउने सम्भावना हुन्छ। त्यसैले भारतले उपस्थितिको सन्देश दिनु रणनीतिक रूपमा लाभदायी ठहरिन सक्छ।

बंगलादेशको अपदस्थ प्रधानमन्त्री शेष हसिनालाइ राजनीतिक संरक्षण दिएको भन्दै बंगलादेशमा अन्तरिम सरकारले भारतको चर्को विरोध गरेको थियो। कुटनीतिक सम्बन्धहरू कुण्ठित पार्दै लगेको थियो। हालै मात्र बंगलादेशी राष्ट्रिय क्रिकेट टोलीले भारतमा हुने विश्वकप क्रिकेट श्रृंखलाका प्रतियोगितामा सहभागिता नजाउने भन्दै सार्वजनिकरूपमा बहिष्कार गरेको थियो।

सपथग्रहणमा देखा पर्ने दक्षिण एशियाली राष्ट्रप्रमुखहरूको सहभागिता यस समारोहलाई क्षेत्रीय कूटनीतिक मंच बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS