काठमाडौं । नबिल बैंकको सवा १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकले संस्थापक समूहको १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा संस्थापकबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ३०१.१० रुपैयाँ तोकिएको छ। यसको मतलब शेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्न सकिनेछ।
निवेदन ७ दिभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको नक्साल नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा बुझाउनुपर्नेछ।












