IME Life New

पाँच निर्जीवन बीमक घाटामा, ८ कम्पनीको नाफा घट्दा प्रभुको मात्रै बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा अधिकांश निर्जीवन बीमा कम्पनी घाटामा रहेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस समीक्षा अवधिमा पाँच वटा निर्जीवन बीमा कम्पनीको नाफा ऋणात्मक देखिएको छ भने ८ वटा कम्पनीको नाफा घटेको छ । बाँकी प्रभु इन्स्योरेन्सले मात्रै अघिल्लो वर्षको तुलनामा नाफा वृद्धि गरेको छ ।

यस वर्ष नेपालमा जेनजी आन्दोलनको कारणले भएको क्षतिले गर्दा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको नाफामा नकारात्मक असर परेको हो। जलवायु परिवर्तनका कारणले बाढीपहिरो तथा दैवी प्रकोपको प्रभावले गर्दा निर्जीवन बीमकहरुको नाफा प्रभावित बनेको हो ।
प्रकाशन गरेको तथ्याङक हेर्दा अघिल्लो वर्षको यसै अवधिमा २५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको शिखर इन्स्योरेन्सले यस समीक्षा अवधिमा ४ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरोको छ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले यस समीक्षा अवधिमा ९ करोड ५९ लाख रुपैयाँ घाटा व्यहोरोको छ ।

Esewa
Crest

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले १० करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरोको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले यस अवधिमा १७ करोड ८५ लाख रुपैयाँ घाटा व्यहोरोको छ । आइजिआई प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनीले १८ करोड ११ लाख रुपैयाँ घाटा व्यहोरोको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिसम्ममा राष्ट्रिय बमिा कम्पनीले सर्वाधिक नाफा आर्जन गरेको छ तर, अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४८ प्रतिशतले घटेको हो । यस अवधिमा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्ष १९ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरोको ओरिएन्टल इन्स्योरेन्स कम्पनीले यस अवधिमा १६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । प्रभु इन्स्योरेन्सले यस अवधिमा १२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । निर्जीवन बीमा कम्पनीमध्ये यस अवधिमा प्रभु इन्स्योरेन्सको मात्रै अघिल्लो वर्षको तुलनामा नाफा वृद्धि भएको हो ।

अघिल्लो वर्ष ३६ करोड ९८ लाख रुपैयाँ घाटा व्यहोरोको नेशनल इन्सयोरेन्सले यस अवधिमा ६ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पनि अघिल्लो वर्षको तुलनामा नाफा ४३ प्रतिशतले घटेको हो ।

यस अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ९० प्रतिशतले कमी हो । एनएलजी इन्स्योरेन्स कम्पनीले यस अवधिमा १ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ८५ प्रतिशतले कमी हो । नेको इन्स्योरेन्सले १ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ९३ प्रतिशतले कमी हो । नेपाल इन्स्योरेन्सले ४९ लाख ५८ हजार नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ९४ प्रतिशतले कमी हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS