IME Life New

अब निर्जीवन बीमकले सूचकांकमा आधारित बीमालेख तयार गर्नुपर्ने, प्राधिकरणले जारी गर्यो निर्देशिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब निर्जीवन बीमकहरुले सूचकांकमा आधारित बीमालेख तयार गर्नुपर्ने भएको छ। जल तथा मौसमबाट हुने जोखिम र प्राकृतिक विपदबाट हुने जोखिमको रक्षावरण गर्न निर्जीवन बीमकहरुले यो बीमालेख तयार गर्नुपर्ने व्यवस्था नेपाल बीमा प्राधिकरणले गरेको छ।

बीमा प्राधिकरणले यसका लागि सूचकांकमा आधारित बीमा निर्देशक, २०८२ जारी गरेको छ। यो निर्देशिक भोलि फागुन १ गतेबाट लागू हुनेछ।

Esewa
Crest

बीमकहरुले भौगोलिक बनावट, लक्षित वर्ग, सूचकांक मापन केन्द्रको अवस्थिति तथा प्रभावकारिता खुल्ने विवरण, जल तथा मौसम जोखिम र प्राकृतिक विपद जोखिमको विवरण, बीमालेख लागू हुने क्षेत्र, पुनर्बीमा समर्थन र सुरुआती तथा अन्तिम सूचकांकसहितको दाबी भुक्तानी तालिका निर्धारण गर्दा अपनाएको आधारमा बीमालेख तयार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

बीमकहरुले जल तथा मौसमका कारण हुने जोखिम वा प्राकृतिक विपदबाट हुने जोखिम वा ती दुवै जोखिम समावेश हुने गरी बीमालेख तयार गर्न सक्नेछन्। बीमालेख तयार गर्दा मोटामोटी, अन्दाजी, करिबजस्ता अस्पष्ट तथा दोहोरो अर्थ दिने शब्द नलेखी स्पष्ट भाषाको प्रयोग गर्नुपर्नेछ।

यो बीमालेख तयार गरी स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस गर्नुपर्नेछ। बीमालेख जारी गर्न उपयुक्त देखिएमा प्राधिकरणले आवश्यक सर्त तोकी स्वीकृति दिन सक्ने व्यवस्था निर्देशिकामा गरिएको छ।

बीमालेख जारी गर्दा बीमालेख जारी भएको समय र जोखिम प्रारम्भ हुने मिति, घन्टा र मिनेटसमेत उल्लेख गर्नुपर्नेछ। बीमालेखमा उल्लेख भएको बीमा समाप्त हुने दिनको मध्यरात १२ बजे बीमा अवधि समाप्त हुनेछ।

यो बीमालेख सामूहिक रुपमा पनि जारी गर्न पाउने व्यवस्था निर्देशिकामा गरिएको छ। जुन संस्थाको नाममा जारी हुनेछ।

बीमकले पूरा बीमाशुल्क नलिई यो बीमालेख जारी गर्न नपाउने व्यवस्था गरिएको छ। तर, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले अनुदान उपलब्ध गराउने अवस्थामा आंशिक बीमाशुल्क लिई बीमालेख जारी गर्न बाध्य पर्ने छैन।

nia directive

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS