IME Life New

नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार बढेर बन्द भएको छ । हिजोसम्म लगातार घटेको बजारमा आज परिसूचक ८ दशमलव ९७ अंकले बढेर २,६७१ को विन्दुमा कायम भएको छ । आज १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ४३ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ४१ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै मध्य भोटेकोशीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रसुवागढीका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । श्रीनगरका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ५९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS