IME Life New

शिखर इन्स्योरेन्सको २२.४१%ले बढ्यो खुद व्यापार, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ४ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले २५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो।

Esewa
Crest

चुक्तापुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड ५७ लाख रुपैयाँ र अन्य इक्विटीमा ५८ करोड ३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २१ करोड ४ लाख रुपैयाँ र अन्य इक्विटीमा ५९ करोड ८३ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्ममा कम्पनीले २ अर्ब १६ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब ५ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ५.४२ प्रतिशतले बढेको छ।

त्यस्तै कम्पनीले यस अवधिसम्म ७८ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यसै अवधिसम्म कम्पनीले ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २२.४१ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको पुससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३.०६ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १९.३९ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १९६.६४ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS