IME Life New

कति छ मार्जिन कारोबारको अधिकतम सीमा, राफसाफको कस्तो छ व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२ जारी गरेको छ। यो निर्देशिका फागुन १ गते लागू हुने धितोपत्र बोर्डले जनाएको छ।

लगानीकर्ताले आफूले कारोबार गर्दै आएको धितोपत्र दलाल व्यवसायी (ब्रोकर)बाटै मार्जिन कारोबार सुविधा हुनुपर्ने माग लामो समयदेखि गर्दै आएका थिए। यसअघि नेप्सेले पनि मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि तयार गरेको थियो। त्यसमा भएका केही व्यवस्थाका कारण अधिकांश ब्रोकरले यो सुविधा प्रदान गरेका थिएनन्।

Esewa
Crest

अब नेप्से त्यस कार्यविधि पुनः संशोधन गरेर जारी गरेपछि ब्रोकरले यो सुविधा आफ्ना ग्राहकलाई प्रदान गर्न सक्नेछन्।

धितोपत्र बोर्डले जारी गरेको निर्देशिकाबमोजिम ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको ५ गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछन्। ब्रोकरले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्य वा सम्बद्ध संस्थालाई मार्जिन सुविधा प्रदान गर्दा ब्रोकरले प्रदान गर्न सक्ने कुल मार्जिन सुविधाको बढीमा १० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने छैनन्।

यसैगरी ब्रोकरले मार्जिन कारोबार सुविधा प्रदान गर्दा लगानी विविधीकरणलाई समेत ध्यान दिनुपर्ने निर्देशिकामा प्रस्ट व्यवस्था गरिएको छ।

कस्तो छ राफसाफसम्बन्धी व्यवस्था ?

  • ब्रोकरले मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद भएको शेयर दैनिक रुपमा कारोबार गर्दा वा कारोबारपश्चात वा राफसाफको समयमा पहिचान गरी राख्नुपर्नेछ।
  • यो सुविधा प्राप्त गर्न लगानीकर्ताले ब्रोकरमा छुट्टै मार्जिन कारोबार खाता र मार्जिन कारोबार हितग्राही खाता खोल्नुपर्नेछ।
  • ब्रोकर (राफसाफ)ले राफसाफ प्रयोजनका लागि केन्द्रीय निक्षेप कम्पनीमा मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्नुपर्नेछ।
  • लगानीकर्ताको मार्जिन कारोबार हितग्राही खातालाई ब्रोकरमार्फत खोलिएको मार्जिन कारोबार खाता र राफसाफ सदस्यको मार्जिन कारोबार राफसाफ हितग्राही खातासँग आबद्ध गर्नुपर्नेछ।
  • लगानीकर्तालाई मार्जिन कारोबार सुविधा प्रदान गर्दा ब्रोकरले मार्जिन कारोबार खाता र मार्जिन कारोबार हितग्राही खाता सञ्चालनसम्बन्धी अधिकृत वारेसनामा लिन सक्नेछ।
  • लगानीकर्ताले मार्जिन कारोबार सुविधाबापत लिएको रकम तथा दायित्व चुक्ता नगरेमा वा सम्भार मार्जिन कायम गर्न नसकेमा शेयर बिक्री तथा राफसाफ गर्ने प्रयोजनका लागिमात्र अधिकृत वारेसनामा ब्रोकरले प्रयोग गर्नुपर्नेछ। यसम्बन्धी भएको कार्यको विवरण धितोपत्र बजार (नेप्से)लाई समेत जानकारी गराउनुपर्नेछ।
  • ब्रोकरको कारोबार प्रणालीमा रहेको लगानीकर्ताको कारोबार खाताबाटै मार्जिन कारोबार सुविधा दिन सकिने अवस्था भएमा छुट्टै मार्जिन कारोबार खाताको आवश्यकता पर्ने छैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS