IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार झिनो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ०.०४ अंकले घटेर २६६२.०९ को विन्दुमा झरेको हो।

नेप्से परिसूचकमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन जलविद्युत समूह सर्वाधिक ०.४७ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहमा सर्वाधिक ०.६३ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा ११३ कम्पनीको शेयरभाउ बढेको छ भने १३३ कम्पनीको शेयरभाउ घटेको छ। आज १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ८ अर्ब ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • रिडी पावरः ६५ करोड ४७ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ६२ करोड १३ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोपावरः ५८ करोड ७६ लाख रुपैयाँ
  • एसवाई प्यानलः २७ करोड ४९ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः २६ करोड ७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २३ करोड ५१ लाख रुपैयाँ
  • हिमालय ऊर्जाः २२ करोड ८ लाख रुपैयाँ
  • तेह्रथुम पावरः २१ करोड ५४ लाख रुपैयाँ
  • राधी विद्युतः १९ करोड ३६ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १८ करोड २ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS