IME Life New

दिग्गज अमेरिकी लगानीकर्ताको सुझावः ‘डलर संकटमा छ, चाँदी किन्नुहोस्’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालैका समयमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय अस्थिरता देखिएको छ। तिनीहरु इतिहासकै उच्चतम विन्दुमा पुगे र फेरि अहिले केही तल आएका छन्।

यसैबीच लोकप्रिय पुस्तक ‘रिच ड्याड पुअर ड्याड’का लेखक एवं अमेरिकी दिग्गज लगानीकर्ता रोबर्ट कियोसाकीले मूल्यमा गिरावट आएपछि फेरि चाँदी किन्न सल्लाह दिएका छन्। सामाजिक सञ्जाल पोस्टमा चाँदी किन्न सुझाव दिँदै उनले अमेरिकी डलरका बारेमा ठूलो चेतावनी पनि जारी गरेका छन्।

Esewa
Crest

कियोसाकीले मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर (अहिले एक्स) मा आफ्नो हालैको चाँदी खरिदका विवरणसहितको नयाँ पोस्ट शेअर गरेका छन्। भाइरल पोस्टमा उनले लेखे, ‘मैले भर्खरै अर्को ६०० अमेरिकी सिल्भर इगल किनेको छु। आजको स्पट मूल्य प्रतिऔँस ८२ डलर छ।’

अमेरिकी सिल्भर इगल संयुक्त राज्य अमेरिकाले जारी गरेको आधिकारिक र सबैभन्दा लोकप्रिय चाँदीको सिक्का हो। जुन सन् १९८६ बाट प्रचलनमा ल्याइएको थियो। यो सिक्कामा १ ट्रय औँस (३१.१ ग्राम) ९९.९ प्रतिशत% शुद्ध चाँदी हुन्छ। यी सिक्का मुख्यतया चाँदीमा लगानीका लागि प्रयोग गरिन्छ।

मूल्य केही घट्दै गर्दा रोबर्ट कियोसाकीले यसलाई खरिद गर्ने अवसर भन्दै लगानीकर्तालाई चाँदी किन्न सल्लाह दिइरहेका छन्। आफ्नो पोस्टमा नयाँ लक्ष्य मूल्य दिँदै उनले लेखेका छन्, ‘अझै पनि लाग्छ कि सन् २०२६ मा चाँदी प्रतिऔँस २०० डलर वा त्योभन्दा पनि माथि पुग्नेछ।’

पोस्टमा कियोसाकीले लेखेका छन्, ‘अमेरिकी डलर संकटमा छ। फिएट मुद्रा (नक्कली डलर) धारण गर्नेहरुले सबैभन्दा बढी दुःख पाउनेछन्। त्यसैले आफ्नो ख्याल राख्नुहोस्।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS