IME Life New

धितोपत्र बोर्डबाट युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ।

धितोपत्र बोर्डले आज युनाइटेड अजोड इन्स्योरेन्सलाई हाल कायम चुक्तापुँजीको १००ः१० अनुपातमा अर्थात १० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति दिएको हो। योसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई २३ करोड १० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

नियामकीय प्रावधानअनुसार निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्छ। त्यसैले हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी नियामकीय व्यवस्थाअनुसार कायम हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS