काठमाडौं । साहास ऊर्जा र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले हकप्रद शेयर ल्याउन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। ती दुवै कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागे हुन्।
धितोपत्र बोर्डले अनुमति दिएमा साहास ऊर्जाले ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ४ करोड ५७ लाख ३८ हजार कित्ता शेयर जारी गर्नेछ।
साहास ऊर्जाको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
यसैगरी धितोपत्र बोर्डबाट अनुमति पाएपछि एनआरएन इन्फ्रास्ट्रक्चरले १ अर्ब ७९ करोड ८१ लाख २१ हजार १९९ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ७९ लाख ८१ हजार २११.९९ कित्ता शेयर जारी गर्नेछ।
एनआरएन इन्फ्रास्ट्रक्चरको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।












