काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.५२ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक १.१५ प्रतिशतले बढेको छ।
यो दिन बजारमा ७४ कम्पनीको शेयरभाउ बढेको छ भने १७९ कम्पनीको घटेको छ। आज ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ८ अर्ब ६१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- अरुण भ्याली हाइड्रोपावरः ४५ करोड २८ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ४० करोड ७९ लाख रुपैयाँ
- रिडी पावरः ३८ करोड ८६ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः ३२ करोड ६० लाख रुपैयाँ
- अरुण काबेली पावरः ३२ करोड ५३ लाख रुपैयाँ
- एसवाई प्यानलः ३१ करोड ८३ लाख रुपैयाँ
- राधी विद्युतः २८ करोड ६३ लाख रुपैयाँ
- लिबर्टी इनर्जीः १९ करोड ४८ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १७ करोड ४० लाख रुपैयाँ
- हिमालय ऊर्जाः १६ करोड ९९ लाख रुपैयाँ












