IME Life New

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । नेप्सेको यो घटाई आज तेस्रो दिन हो । आज नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर २,६६२ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६१ करोडको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनीको ४० करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ३६ प्रतिशतका दरले कमाएका हुन् । अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । आरबीबी फोकस ४० का इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव २४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS