IME Life New

अर्धवार्षिक समीक्षाः विनियोजन बजेटको ३५% मात्रै खर्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थि वर्ष २०८२।८३ का लागि विनियोजित बजेटको दोस्रो त्रैमास (साउन–पुस)सम्म ३५ प्रतिशतमात्रै खर्च भएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षाअनुसार कुल बजेटको ३५.१४ प्रतिशत मात्रै खर्च भएको हो। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेका थिए। समीक्षा अवधिसम्म कुल बजेटको ६ खर्ब ९० अर्ब २१ करोड रुपैयाँ खर्च भएको छ।

Esewa
Crest

विनियोजित रकमध्ये चालु खर्च (वित्तीय हस्तान्तरणसहित) ४१.२५ प्रतिशत, पुँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत खर्च भएको छ।

गत आर्थिक वर्ष २०८१।८२ को तुलनामा समीक्षा अवधिमा समग्र खर्च ३.३९ प्रतिशतले बढेको छ।

किन कम भयो पुँजीगत खर्च ?

सरकारले आयोजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा जटिलता र भदौ २३ र २४ गतेको आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षतिले पुँजीगत खर्च कम हुन गएको जनाएको छ।

यसैगरी सरकारले पूर्वतयारी भएको र अनुत्पादक तथा साना आयोजनाहरुमा विनियोजित १ खर्ब १९ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ स्थगित गरेको छ।

राजस्वको लक्ष्य

चालु आर्थिक वर्षमा कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व परिचालन गर्ने लक्ष्य राखिएको छ। जसमा संघीय सरकारको हिस्सा १३ खर्ब १५ अर्ब रहने अनुमान छ।

राजस्व संकलनको स्थिति

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको ७ खर्ब ११ अर्ब २० करोड ७८ लाख रुपैयाँको लक्ष्यको तुलनामा विविधि प्राप्तिसमेत गरी ५ खर्ब ८१ अर्ब ४० करोड ७२ लाख रुपैयाँ (८१.७५ प्रतिशत) संकलन भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS