IME Life New

चीनमा नक्कली मानसिक अस्पताल र बीमा ठगीको पर्दाफास, ज्येष्ठ नागरिकको सुरक्षामा खतरा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनको द्रुत गतिमा बढ्दो वृद्ध जनसंख्या र उनीहरुको हेरचाह गर्न संघर्षको बीचमा एउटा चकित पार्ने प्रतिवेदन बाहिर आएको छ।

द डिप्लोम्याटले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार चीनका नक्कली निजी मनोचिकित्सा अस्पतालहरु व्यापक बीमा ठगी र मानवअधिकार उल्लंघनमा संलग्न रहेको पाइएको छ। ती नक्कली अस्पतालले सरकारी चिकित्सा कोषको ठूलो रकम हिनामिना गरेको खुलासा पनि भएको छ।

Esewa
Crest

बीमा घोटालाः ज्येष्ठ नागरिकहरुलाई कसरी ठगिँदैछ ?

चिनियाँ सहरहरु सियाङयाङ र यिचाङमा दर्जनौँ त्यस्ता नक्कली अस्पताल फेला परेका छन्। जसले ज्येष्ठ नागरिक र लागूपदार्थ दुव्र्यसनीहरुलाई निःशुल्क खाना र आश्रयको वाचामा लोभ्याउँछन्। चीनमा सरकारले चिकित्सा बीमा कार्यक्रमअन्तर्गत उपचारको लागत व्यहोर्छ।

एक गुप्त प्रतिवेदनअनुसार ती अस्पतालहरुले प्रतिबिरामी प्रतिदिन लगभग १४० युआन बिल देखाएर सरकारबाट ठूलो रकम लिइरहेका थिए। यो ठगी धन्दामा विशेषगरी पेन्सन कम भएका ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकहरु लक्षित गरिएको पाइएको छ। आश्रय र खानाको वाचाले लोभ्याएर उनीहरुलाई ती नक्कली अस्पतालमा भर्ना गरिन्थ्यो।

अस्पतालभित्रको दुव्र्यवहार र बन्धक श्रम

अनुसन्धान प्रतिवेदनले ती अस्पतालहरुको अवस्था अत्यन्तै दयनीय रहेको पनि खुलासा गरेको छ। भर्ना भएका बिरामीहरुमाथि दुव्र्यवहार र आक्रमण गरिन्थ्यो। बिरामीहरुलाई अस्पताल सफा गर्न, अन्य बिरामीहरुलाई नुहाउन र अन्य सामान्य काम गर्न बाध्य पारिन्छ। एकपटक भर्ना भएपछि बिरामीहरुलाई ती अस्पताल छोड्न लगभग असम्भव हुन्छ। धेरै बिरामीहरु वर्षौंसम्म ती अस्पतालहरुमा बन्धक बनेर बस्न बाध्य हुन्छन्।

ज्येष्ठ नागरिकको हेरचाह प्रणाली असफल

यस काण्डले चीनको वर्तमान ‘वृद्ध हेरचाह प्रणाली’को सीमितताहरुलाई उजागर गर्दछ। चिनियाँ प्रणालीले मान्दछ कि धेरैजसो ज्येष्ठ नागरिकहरुको हेरचाह उनीहरुको परिवारले घरमा गर्नेछ। तर, वास्तविकता फरक छ। ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकहरुलाई पूर्ण रुपमा एक्लै छोडेर युवाहरु कामको खोजीमा सहरहरुमा बसाइँ सरिरहेका छन्। ग्रामीण क्षेत्रहरुमा पर्याप्त पेन्सन र राम्रो स्वास्थ्य सेवाको अभाव छ। ‘यही कारणले गर्दा यी ज्येष्ठ नागरिकहरु सजिलै घोटालाको सिकार हुन्छन्’, प्रतिवेदनमा भनिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS