IME Life New

भुजुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट, यी तरिकाले हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुजुङ हाइड्रोपावरको आइपीओ आज माघ २७ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि कुल ८ लाख ३० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो।

Esewa
Crest

क्यापिटलका अनुसार यो आइपीओमा २५ लाख ७९ हजार ९२० आवेदकबाट कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता शेयर माग भएको थियो। जसमा २५ लाख ३९ हजार ८९२ आवेदकबाट परेको २ करोड ७९ लाख ६७ हजार ८५० कित्ता शेयर सदर भएको छ भने ४० हजार २८ आवेदकबाट परेको ४ लाख ७३ हजार ८३० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ८३ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यो हिसाबले २४ लाख ५६ हजार ८९२ आवेदकको हात खाली भएको छ।

यो आइपीओ नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासन गर्ने कम्पनीका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS